माधव नेपाल नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टीको पहिलो केन्द्रिय कमिटिको बैठक आज — OSNepal

माधव नेपाल नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टीको पहिलो केन्द्रिय कमिटिको बैठक आज

LC (KTM) September 21, 2021 0

काठमाडौं ५ असोज । नेकपा (एकिकृत समाजवादी) पार्टीको आज पहिलो पटक केन्द्रिय कमिटिको बैठक बस्ने भएको छ ।

नेकपा एस दर्ता भएपछि माधव नेपाल नेतृत्वमा बस्न लागेको यो पहिलो केन्द्रिय कमिटिको बैठक हो । बैठक आज मंगलबार वुद्धनगरको क्वालिटी ब्याडकेटमा दिउँसो २ बजे बस्ने भएकोम छ ।

आजको बैठकमा पार्टीको संगठनात्मक अवस्था, पार्टीको अबको नीति , सरकारमा सहभागिता लगायत समग्र विषयमा छलफल हुने जनाइएको छ ।

नेकपा एसको ५५ जिल्लामा पार्टीको जिल्ला स्तरीय संरचना निर्माण भइसकेको छ भने, केन्द्रिय कार्यालय समेत बनिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर