वर्तमान 'अपवित्र'गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत गरेको नेता थापाको आरोप — OSNepal

वर्तमान ‘अपवित्र’गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत गरेको नेता थापाको आरोप

LC (KTM) September 21, 2021 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको आरोप लगाएका छन् ।

अध्यक्ष थापाले भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको बिरोध र भर्त्सना गर्दछु भन्दै आज ट्वीटर मार्फत यस्तो आरोप लगाएका हुन् । उनले सामाजीक सञ्जाल मार्फत नै यो निणर्य तत्काल फिर्ता गर्न समेत आग्रह गरेका छन् ।

उनले लेखेका छन् ,’पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान ‘अपवित्र’गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ।भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको बिरोध र भर्त्सना गर्दछु।यो निर्णय तत्काल फिर्ता गरियोस्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर