यी बलिउड अभिनेत्री माथि एसिड आक्रमणको प्रयास , धन्न बचिन् , यसरी भएको थियो आक्रमण — OSNepal

यी बलिउड अभिनेत्री माथि एसिड आक्रमणको प्रयास , धन्न बचिन् , यसरी भएको थियो आक्रमण

LC (KTM) September 21, 2021 0

अभिनेत्री पायल घोषको एउटा भिडियो एकदमै तिब्र रुपमा भाइरल भइरहेको छ । यस भिडियोमा पायल घोषले आफु माथि एसिड आक्रमण भएको र बाल बाल बचेको दाबी गरेकी छिन् । साथै पायलले केही ब्यक्तिहरुले उनलाई रोड बाट एसिड छ्याप्ने कोशिश गरेको आरोप लगाएकी छिन् ।

पायलका अनुसार उनी आफ्नो घर मुम्बई गईरहेकी थिईन् । कारमा चढिरहेको बेला केही ब्यक्तिले उनी माथि एसिड आक्रमणको कोशिस गरेको तथा उनीहरुले आफु संग भएको सामान खोस्ने कोशिश गरेका थिए । उनीहरु संग एउटा बोत्तल समेत रहेको र त्यहाँ एसिड भएको अभिनेत्री पायलको दाबी रहेको छ ।

उनी माथि आक्रमण गर्नेले मास्क लगाएका थिए । ति ब्यक्तिले पायलको टाउकोमा र हातमा आक्रमणको प्रयास गरेका थिए । जब पायलले चिच्याउदै सहयोग मागेपछि उनीहरु त्यहाँ बाट भागेका थिए । उनले इन्ष्टामा आफ्नो हात तथा टाउकोमा चोट लागेको समेत फोटो शेयर गरेकी छिन् ।

फोटो शेयर गर्दे उनले लेखेकि छिन्– दुखाईका कारण पुरा रातभर सुत्न सकेको छै । पायल संग यो घटना मुम्बइको अन्धेरी इलाकामा भएको थियो । उनले शेयर गरेको भिडियोमा उनले ती ब्यक्तिहरुको हातमा एसिडको बोत्तल रहेको र उनीहरुले आफुलाई रडले आक्रमणको कोशिश गरेका थिए । उनले आफुले ति बदमासहरुको अनुहार नदेखेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर