कमेडियन बिक्की अग्रवालको ब्याग बिमानस्थल बाटै गायब , प्रहरीले फेला पारेर बुझायो — OSNepal

कमेडियन बिक्की अग्रवालको ब्याग बिमानस्थल बाटै गायब , प्रहरीले फेला पारेर बुझायो

LC (KTM) September 21, 2021 0

कमेडी च्याम्पियन सिजन २ ले केही दिन अघि मात्र बिजेता पायो । सिजन २ को उपाधी ताप्लेजुंगका भरतमणी पौडेलले जिते । उपाधी जित्न नसके पनि धेरै दर्शकको मन बिक्की अग्रवालले जित्न सफल भए ।

यीनै कमेडी च्याम्पियन सिजन २ का फस्ट रनरअप बिक्की अग्रवाल कति सम्म चर्चित रहेछन् भन्ने पछिल्लो एउटा घटनाले देखाएको छ । उनको ब्याग केही दिन अघि विमानस्थलमा हराएको थियो । उनको हराएको ब्याग प्रहरीले फेला पारेर उनलाई हात लगाई दिएको छ ।

गत असोज तीन गते विमानस्थलको स्वर्णद्वार नजिकै ड्यूटी खटिएका प्रहरी कर्मचारीले कम्मरमा बोक्ने कालो रंगको व्याग फेला पारेका थिए । उक्त व्याग खोलेर हेर्दा बिक्कीको हो भन्ने उनको परिचय पत्रको आधारमा थाहा भएको थियो ।

उनलाई आज कार्यालयमा बोलाएर सामान हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । उनको भेटिएको ब्यागमा नेपाली रुपैयाँ, भारतीय मुद्रा, एम्पल वाच एक थान र एक थान इयरपड रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर