धरानका किरणले 'वाइवाइ जिङ्ग' खादा पाए स्कुटर, मोडल सिम्रनको हातबाट चाबी हस्तान्तरण — OSNepal

धरानका किरणले ‘वाइवाइ जिङ्ग’ खादा पाए स्कुटर, मोडल सिम्रनको हातबाट चाबी हस्तान्तरण

LC (KTM) September 23, 2021 0

इटहरी- चौधरी ग्रुपको उत्कृष्ट उत्पादन ‘वाइवाइ’ लाई लिने गरिन्छ । तर, प्रदेश १ मा पछिल्लो समय ‘वाइवाइ जिङ्ग’ को लोकप्रियता बढ्दै गएको छ । यसको एक मात्रै कारण हो, यो चाउचाउ खादा स्कुटर सम्म पाउने योजना रहेको छ । प्रतिष्पर्धी बजारमा उत्कृष्ट व्यापार संगै उत्पादनलाई पहिलो कदममा पुर्याउने योजना सहित ‘वाइवाइ जिङ्ग’ले उपभोक्तालाई विभिन्न पुरस्कारहरु राख्ने गरेको छ । ‘वाइवाइ जिङ्ग हरर, स्कुटरमा सरर’ नारा सहित गरिएको योजनामा जिङ्ग उपभोक्ताहरुले स्कुटर लगायतका पुरस्कारहरु जितिरहेका छन् ।

जस अन्तर्गत बम्पर पुरस्कार स्वरुप राखिएको स्कुटर उपहारमा पछिल्लो समय धरानका उपभोक्ताले बाजि मारेका छन् । ‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत सुनसरी धरान १२ निवासी किरण कुमार कार्किले ‘वाइवाइ जिङ्ग’ चाउचाउ खादा कुपनमा स्कुटर उपहार प्राप्त गरे । जस्लाई बुधबार धरानस्थित भानु चोकमा एक कार्यक्रम गरि बितरण गरिएको छ । कार्यक्रममा कार्किलाई ‘मिस लुमियर इन्टरनेसनल वर्ल्ड २०१९’ मा ‘ग्ल्यामर अवार्ड’ बिजेता सिम्रन श्रेष्ठको उपस्तिथि रहेको थियो ।

त्यस्तै सिजि ग्रुप नुडल्स सिभिजनका प्रदेश १ प्रमुख पुन्य प्रसाद लुइँटेल, प्रदेश १ बजार प्रमुख रबिन्द्र मास्के र धरानका एरिया सेल्स म्यानेजर नवराजले स्कुटरको चावी हस्तान्तरण गरेका थिए । सिम्रनले गएको केही महिना अघि नेपालको प्रतिनिधित्व गर्दै ‘मिस लुमियर इन्टरनेसनल वर्ल्ड’ मा ३० देशलाई पछि पार्दै ‘मिस ग्ल्यामर अवार्ड’ हात पारेकी थिइन् । यतिबेला उनले ‘मिस लुमियर नेपाल २०२१’ आयोजना गरिरहेकी छन् । धरानमा ‘वाइवाइ जिङ्ग’ उपभोग गरेर बिजेता बनेको यो दोश्रो पटक हो । गतवर्ष धरानकी सुप्रिया श्रेष्ठले पहिलो स्कुटर प्राप्त गरेकी थिइन् । बिजेताले आफुले सोच्दै नसिचेको पुरस्कार पाएको कार्यक्रममा बताए ।

२० रुपैयाँको चाउचाउ खादा यति ठूलो पुरस्कार पर्ने सपनामा पनि नसोचेको बताउदै सम्पुर्णलाई आगामी दिनमा वाइवाइ जिङ्ग खान आग्रह गरे । वाइवाइले प्रदेश १ मा स्कुटर वितरण गरेको यो १२ औ पटक हो । यस्तै ‘वाइवाइ जिङ्ग’ उपभोग गरेरै लहानका भाग्यशाली बिजेतालाई स्कुटर हस्तान्तरण गर्न जाने प्रदेश १ बजार प्रमुख मास्केले जानकारी गराए । ‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत अझै धेरै स्कुटरहरुका साथै ट्याब्लेट, स्मार्टवाच, स्केटिङ, साइकल, फुटबलस्पेनरटप, स्पेनर, लुडो लगायतका पुरस्कार जित्न सकिने मास्केले जानकारी गराए । स्कुटर वितरण कार्यक्रम सरिता थापाले संचालन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर