राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीमा कविता वाचन — OSNepal

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीमा कविता वाचन

LC (KTM) September 23, 2021 0

काठमाडौँ, ७ असोज-राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उहाँका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज यहाँ ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो ।प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता ९खण्डकाव्य०, कालीगण्डकी, नवयुवक, वैशाख ९कविता० र अश्वत्थामा तथा इन्द्रकुमारी ९गीतिनाटक० वाचन गर्नुभयो ।

प्रतिष्ठानकै योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमले गौरी ९खण्डकाव्य० वाचन गर्नुभएको थियो । कूलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकविका प्रकाशन गर्न बाँकी रचनालाई प्रतिष्ठानले प्रकाश गर्ने र अन्य प्रकाशित रचनालाई समेत व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपकुलपति जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्याय र साहित्यकार रमा शर्माले राष्ट्रकविका व्यक्तित्व तथा कृतित्वबारे चर्चा गर्नुभयो ।
राष्ट्रकविको २०७७ साल भदौ ५ गते १०१ वर्षको उमेरमा निधन भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर