पुरुषको यौन क्षमता बढाउनमा फाइदा गर्छ अनारको जुस — OSNepal

पुरुषको यौन क्षमता बढाउनमा फाइदा गर्छ अनारको जुस

LC (KTM) September 24, 2021 0

काठमाडौं- अनारको जुस स्वादका लागि मात्र नभई स्वास्थक लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वास्थका लागि निकै नै लाभदायिक मानिन्छ । त्यसो त हाम्रो स्वास्थ्यको लागि सबै फल लाभकारी नै हुन्छ ।

तर अनारको जुस बिरामी र स्वास्थ्यको दृष्टिले बढी प्रभावकारी र लाभकारी मानिन्छ। तर खासगरि अनारको जुसले तौल घटाउनमा मद्दत गर्दछ ।नियमित रुपमा अनारको जुस सेवन गर्नाले शरीरमा रक्त सञ्चालन प्रक्रियालाई ठिक गर्दछ ।अनारले रगतमा आयरनको कमि हुन दिदैन् । जसले गर्दा एनीमिया जस्ता रोगहरुबाट छुट्कारा दिलाउँछ ।

अनारको सेवन गर्नाले छालामा निखारपन ल्याउँछ। अनारको प्रयोग छाला सम्बन्धी विभिन्न किसिमका समस्याबाट बचाउन निकै लाभदायक मानिन्छ ।नियमित रुपमा अनारको सेवन गर्नाले दाँत सम्बन्धी समस्याबाट समेत राहत पाउन सकिन्छ ।

बढी उमेरका मानिसहरुलाई प्रायः लाग्ने एलजाइमर रोगबाट अनारको सेवनले छुट्कारा दिलाउँछ । अनार सेवन गर्नुका यस्ता धेरै प्रकारका फाइदाहरु छन् । लामो उमेर र धेरै उर्जावान रहनका लागि नियमित रुपमा अनारको सेवन गर्नुलाई निकै लाभदायक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर