भवन उद्घाटन गर्न हेलिकोप्टरबाट डोल्पा पुगेका मुख्यमन्त्री शाहीलाई ४० किलोको माला, भारी माला लगाएर स्वागत गरेपछि सर्वसाधारण चकित — OSNepal

भवन उद्घाटन गर्न हेलिकोप्टरबाट डोल्पा पुगेका मुख्यमन्त्री शाहीलाई ४० किलोको माला, भारी माला लगाएर स्वागत गरेपछि सर्वसाधारण चकित

LC (KTM) September 25, 2021 0

जाजरकोट , ९ असोज- जगदुल्ला गाउँपालिका डोल्पाको प्रशासकीय भवन उद्घाटनका लागि हेलिकोप्टरमा पुगेका मुख्यमन्त्री मन्त्रीलाई ४० किलोको मालाले स्वागत गरिएको छ ।विरलै मात्र डोल्पा जगदुल्ला पुग्ने महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिङ बुढालाई भारी माला लगाएर स्वागत गरिएको हो । त्यस्तै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायलाईसमेत सोही तौलको माला लगाएको छ ।

लाखै रकम खर्च गरेर हेलिकोप्टरमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका मुख्यमन्त्री तथा मन्त्रीलाई यत्रो भारी माला लगाएर स्वागत गरेपछि सर्वसाधारण चकित परेका छन् ।उता प्रदेशसभा सदस्य बीरबहादुर शाहीले भने माला लगाउन अस्वीकार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर