निषेधाज्ञाको समयमा पसल खोल्ने २१ व्यवसायी प्रहरी नियन्त्रणमा — OSNepal

निषेधाज्ञाको समयमा पसल खोल्ने २१ व्यवसायी प्रहरी नियन्त्रणमा

LC (KTM) May 21, 2021 0

तनहुँ, ७ जेठ- जिल्ला सदरमुकाम दमौलीबाट निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका पसल खोल्ने २१ व्यवसायीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञाको उल्लङ्घन गर्ने व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोभिड–१९ बाट जोगिन जिल्ला प्रशासन कार्यालय तनहुँले गत वैशाख २२ गते रातिदेखि निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक बाहेकका दैनिक उपभोग्य पसललाई बिहान ९ बजेसम्म खोल्न अनुमति दिइएको छ । निषेधाज्ञाको अवज्ञा गरी व्यवसाय गरेको अवस्थामा व्यवसायीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।पक्राउ परेका व्यवसायीलाई एक घण्टा होल्डमा राखी जरिवानास्वरूप रु १०० जरिवाना गरी आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउने शर्तमा छाडिएको उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर