अनधिकृत रूपमा सस्थाको लोगो प्रयोग गरि प्रकाशित भ्रामक समाचार प्रति नासाको आपत्ति,नोभेम्बर २१ मा सम्मेलन र निर्वाचन हुने — OSNepal

अनधिकृत रूपमा सस्थाको लोगो प्रयोग गरि प्रकाशित भ्रामक समाचार प्रति नासाको आपत्ति,नोभेम्बर २१ मा सम्मेलन र निर्वाचन हुने

LC (KTM) September 27, 2021 0

नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका (नासा) को लोगो समेत प्रयोग गरि प्रेस विज्ञप्ति र केही भ्रामक समाचार समेत प्रकाशित भएकोमा नासा कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको एक छापा बिज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

संस्थाका अध्यक्ष बिनय अर्याल तथा महासचिव कृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको उक्त बिज्ञप्ति अनुसार आगामी नोभेम्बर २१ तारिकका दिन स्थगित १६ औ सयुक्त सम्मेलन हुने र सोही सम्मेलनमा नासाको निर्वाचन पनि हुने जनाईएको छ ।

सम्मेलनलाई सफल बनाउन सबैको अपेक्षा रहेको उक्त बिज्ञप्तिमा जनाईएको छ ।

प्रेस बिज्ञप्तिको पूर्ण पाठ जस्ताको तस्तै :

प्रेश बिज्ञप्ती

अनधिकृत रूपमा सस्थाको लोगो प्रयोग गरिप्रकाशित भ्रामक समाचार प्रति नासा (NASeA) को आपत्ति

नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका (नासा) को लोगो समेत प्रयोग गरि प्रेस विज्ञप्ति र केही भ्रामक समाचार समेत प्रकाशित भएकोमा नासा कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ। प्रत्येकदुइ बर्षमा नासाको क्षेत्रमा हुने नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका (NASeA, नासा) र एसोसिएशन अफ नेपालिज ईन मिडवेष्ट अमेरिका (ANMA, अन्मा) को १६ औं संयूक्त सम्मेलन सेप्टेम्बर ५ तारीख़, २०२१ फ़्लोरिडा राज्यको सुन्दर पर्यटकिय शहरओर्ल्याण्डोमा सम्पन्न गर्ने गरी सबै कार्यहरु अगाडी बढीरहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ।

१६औं संयुक्त सम्मेलनको अन्तिम तयारीमा पुगिसकेको अवस्था र नासाको निर्बाचन सम्पन्न गर्ने निर्बाचन समितिको कार्य तालिका अनुरुप नै अन्तिम चरणमा पुग्नै लाग्दा डेल्टा भेरिएण्टको कारण सम्मेलन रोक्नु पर्ने दबाब दिन थालियो। फ्लोरिडा राज्यमा डेल्टाको प्रकोप बिस्तारै देखिएको भएपनि स्थानिय , राज्य तथा संघिय सरकारको कुनै पनि निकायले सभा सम्मेलन गर्न कुनै पनि बन्देज नगरेको र सम्मेलन गर्ने होटेलसंग सम्झौता समेत गरिसकिएको अबस्थामा होटलले सम्मेलन रोक्नु पर्ने कुनै कारण नभएकोले सम्मेलन रोक्दा आयोजकहरुले हर्जाना बापत ठुलै रकम तिर्नु पर्ने बाध्यात्मक स्थिति हुंदा पनि केही साथीहरुले एकोहोरो रुपमा सम्मेलन स्थगन गर्नुपर्ने दबाब बढाउँदै लगि निर्बाचनको कुनै प्रक्रिया बारेमा छलफलसमेत नगरी मध्यरातमा असहज किसिमले अध्यक्षलाइ बाध्यतामा पारि सम्मेलन स्थगन गरियो।

निर्बाचन समितिले आफ्नो कार्यतालिका अनुरुप २१ जनाको कार्यसमितिमा १८ जनाको निर्बिरोध भै ३ जना अध्यक्ष, बरिष्ठउपाध्यक्ष र उपाध्यक्षको मात्र निर्वाचन गराउनु पर्ने गरी उमेदबारहरूको अन्तिम नामावली सहित निर्बाचन तालिका प्रकाशित गरेपछि निर्बाचनबाट पछाडी हट्ने मनसायकासाथ विविध गतिविधि थालियो । कपोलकल्पित एबम व्यक्तिगत आरोपहरु समेत सर्बसम्मत रुपमा चयन गरिएको निर्बाचन समिति माथि लगाउन थालियो। कार्य समितिको बरिष्ठ पदाधिकारीमा आसिन रहँदै आगामी निर्बाचनमा समेत उम्मेदवार भइ सकेका व्यक्तिहरु नै सम्मेलन भाँड्न तथा निर्धारित मितिभित्र नासाको नेतृत्व चयन हुन नसकेमा ९० दिन पछि नासा नै बैधानिक संकटमा पर्ने जानकारी हुँदा हुँदै पनि संस्थालाई सङ्कटमा पार्न उद्यत् देखिनुभयो।

संस्थामाथि बैधानिक संकट आउन सक्ने अड्कल तथा निर्बाचनको सबै प्रक्रिया पुरा भइ सकेको अबस्थामा सेप्टेम्बर ५ मा नै निर्बाचन सम्पन्न गर्न सकिने अबस्थामा पनि निर्बाचन समेत स्थगन गर्ब दबाब दिइयो । कार्य समितिभित्र बिभाजन नहोस भनेर अध्यक्षसमेत सहमत भइ ९० दिन भित्र सोहि स्थानमा अर्को मितिमा गर्ने गरि स्थगन गरियो। सेप्टेम्वर ५ वाट विधान वमोजिम तत्कालीन कार्यसमितिले काम चलाउ रुपमा काम गर्ने निर्णय भयो। स्थगित सम्मेलनको ९० दिनभित्र नै अर्को दिनको निर्णय गर्ने तयारी हुँदा हुँदै एक्कासी अध्यक्षको उम्मेदवार हुनु भएको तत्कालिन बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनी शर्मा सहित केही उम्मेदवारहरुको उम्मेदवारी समेत फिर्ता लिएको इमेल प्राप्त भयो। सोहि दिन नै कार्य समितिका केही साथीहरुको सामुहिक आफूखुशि राजीनामाको अर्को इमेल प्रेषित गरियो।

एक्कासी राजिनामा आएको बारेमा सहमति खोज्न प्रत्यक्ष तथा अप्रत्यक्ष प्रयाशहरु गरियो, कार्यसमितिको तर्फबाट अध्यक्षले राजिनामा फिर्ता गरी छलफलमा आउन र समस्याको समाधान गर्न लिखित रूपमै अपिल समेत गरियो। तर यो अपिलको पनि कुनै वास्ता गरिएन। तत्कालिन बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनी शर्मा ले अति नै ग़ैर ज़िम्मेबारी ढंगले आफूलाई तोकिएको ज़िम्मेबारीको सिमाना समेत नाघेर नासाको मौजूदा संस्थाको अध्यक्षलाई समेत २४ अगष्ट २१ मा नासाको संस्थागत फ़ेसबुक पेजबाट समेत चलाउन नमिल्ने गरी संस्थागत फेसबुकलाई नै आफ्नो क़ब्ज़ामा लिने दुष्प्रयास गर्नु भयो।

समस्याको समाधान गर्न बिबिध प्रयास गर्दै १० दिन व्यतित गर्दा पनि कुनै उपलब्धि नभएको र उल्टै प्रेश बिज्ञप्तिको नाममा राजिनामा कै प्रचार गरिएपछि कार्य समितिको बैठक बसी राजिनामा स्वीकृत गरी स्थगित सम्मेलनलाई अगाडी बढाउने निर्णय भएबमोजिम अध्यक्ष बाट सबैको राजिनामा स्वीकृत गरी व्यक्तिगत रुपमा जानकारी समेत पठाइसकिएको छ।

कार्यसमितिबाट आफूखुशि राजिनामा दिई सो राजिनामा बिधिबत् तबरबाटै स्विकृत समेत भईसकेपछि ती सबै राजिनामा दिनेहरू अब प्रत्यक्ष रूपमा नासाको कार्यसमितिको कुनै पनि ओहोदा तथा ज़िम्मेबारीमा नरहनु भएकोले अनाधिकृत रुपमा संस्थाको नाम, लोगो र आइडीहरु समेत प्रयोग गरि संस्थालाई बदनाम हुने कुनै क्रियाकलापहरु अब उप्रान्त नगर्न, नगराउनु हुनसम्बन्धित सबैमा जानकारीकासाथ अनुरोध गरिन्छ।

तिन दशक भन्दा बढ़ी गौरवशाली इतिहास बोकेको यो सामाजिक संस्था (नासा) लाई कुनै पनि सामाजिक तथा राजनैतिक बन्दी को घेरामा नराखी बिशुद्दसामाजिक संस्थाको रुपमा ऐतिहासिक धरातलकोसंरक्षण गर्न हामी कटिबद्ध एबम वचनवद्द छौं र सम्पूर्ण नासाका सदस्य तथा शुभचिन्तक ज्यूहरूलाई समेत सोहि अनुरोध गर्दछौ।

नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका (NASeA, नासा) र एसोसिएशन अफ नेपालिज ईनमिडवेष्ट अमेरिका (ANMA) अन्मा को स्थगन भएको १६ औं संयूक्त सम्मेलन आगामी नोभेम्बेर २१ गते आईतबार सोहि स्थानमा गर्ने निर्णय भएकोले यो सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न सबैको सकारात्मक सहयोग को अपेक्षा गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर