ईलाममा मिनी म्याराथन हुने भएको छ । ईलाम नगरपालिका नगर खेलकुद विकास प्रतिष्ठानको आयोजनामा असोज २६ गते म्याराथन हुने पक्का भएको हो । बडा दशैको अवसरमा फुलपातीको दिन १२ किलोमिटर दौड आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठका अनुसार इलाम नगरपालिका–३ पुवाखोलाबाट इलाम बजारसम्म म्याराथन दौड हुने छ । खुल्ला म्याराथन प्रतियोगिताको बिजेताले नगद २० हजार रुपैया प्राप्त गर्नेछ ।
दोश्रो हुनेले १५ हजार, तेश्रोले १० हजार चौथो तथा सान्तवनाले ५ हजार तथा पाँचौ देखि दशौ स्थानसम्म आउनेलाई प्रोत्साहन स्वरुप २ हजार रुपैया प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । स्वास्थ्यका लागि दौड आवश्यक छ भन्ने मान्यता स्थापित गराउन म्याराथन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।