अझै खुलेनन् नाका : पैदल यात्रीलाई खुकुलो, सवारी आवागमन बन्द — OSNepal

अझै खुलेनन् नाका : पैदल यात्रीलाई खुकुलो, सवारी आवागमन बन्द

LC (KTM) September 28, 2021 0

काठमाडौं । गत मंगलबार मन्त्रिपरिषद् बैठकले दक्षिणी सीमावर्ती सबै नाका खुला गर्ने निर्णय गरेको सुनेपछि विराटनगर महानगरपालिका–१३ का चन्दन यादव बुधबार जिप चढेर जोगवनी हिँडे । सीमानाकामा वारि सवारीसाधनको लामो लाइन थियो । उनले जिप वारि नै रोके, ढाटनजिक पुगेपछि छक्क परे । नाकामा खटिएका सुरक्षाकर्मीले ‘पैदल जान छुट छ, सवारीसाधनसहित जान रोक छ’ भन्ने जवाफ दिएपछि चन्दन रन्थनिँदै घर फर्के ।यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

सरकारले नाका खुलाउने निर्णय गरेपछि पनि नखुल्दा चन्दनजस्ता धेरै मानिस अलमलमा छन् । सीमाक्षेत्रका अधिकांश मानिसको दैनिकी भारतीय बजार जोगवनीसँग जोडिएको छ । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा खरिद गर्न पनि वारिका मानिस जोगवनी पुग्छन् । पारिका मानिस भने औषधिउपचारका लागि विराटनगर आउँछन्। सम्बन्ध यतिमै सीमित छैन, वारिपारिका मानिसबीचको वैवाहिक, सांस्कृतिक सम्बन्ध छ । जसका कारण उनीहरू वारिपारि गरिरह्नुपर्छ । तर सीमा नाका नखुल्दा यो सम्बन्ध खुम्चिन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर