भारतमा दैनिक संक्रमण दर घट्दै, मृतक संख्या भने घट्न सकेन् — OSNepal

भारतमा दैनिक संक्रमण दर घट्दै, मृतक संख्या भने घट्न सकेन्

LC (KTM) May 22, 2021 0

काठमाडौँ- दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएकाु छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ५४ हजार ३९५ जनामा संक्रमण भएको छ ।यो सँगैभारतमा संक्रमितको संख्या २ करोड ६२ लाख ८५ हजार ८९ पुगेको छ ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।संक्रमितको दर घटे पनि मृत्युदर भने उस्तै नै छ । अहिले पनि दैनिक औषत चार हजार संक्रमितको मृत्यु भइरहेको छ ।

संक्रमितको दर घटे पनि मृत्युदर भने उस्तै नै छ । अहिले पनि दैनिक औषत चार हजार संक्रमितको मृत्यु भइरहेको छ । यो सँगै भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ९५ हजार ५०८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर