रेडक्रस र सेनाको पहलमा विपदबाट कसरी बच्ने भन्ने बच्न सिक्दै स्थानीय — OSNepal

रेडक्रस र सेनाको पहलमा विपदबाट कसरी बच्ने भन्ने बच्न सिक्दै स्थानीय

LC (KTM) September 29, 2021 0

बैतडी १३ असोज-बैतडीमा विपदबाट हुन सक्ने सम्भावित जोखिम रोक्न नागरिक जागरुक बन्न थालेका छन् । नेपाल रेडक्रस साेसाइटी र नेपाली सेनाकाे पहलमा विपद् प्रतिकार्य सीप हाँसिल गरेका स्थानीय विपद् प्रतिकार्यमा जुटेका हुन् ।

पञ्चेश्वरका गौरव सार्कीले रेडक्रस, नेपाली सेनाको सहयोगमा विपदबाट कसरी बच्ने भन्ने सीप सिकेको बताए । रेडक्रसले पश्चिम विपद् पूर्वतयारी परियोजना अन्तर्गत मेलौली र पञ्चेश्वरका २४ जनालाई विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम दिएको कार्यक्रम संयोजक गोविन्द पन्तले बताए । स्थानीयले बाढीपहिरो, आगलागी भएका बेला कसरी उद्धार गर्ने, अरुलाई कसरी बचाउने भन्ने विषयमा तालिम लिएको उनले बताए ।

नागरिकलाई नेपाली सेनाको टोलीले प्रयोगात्मक सीप सिकाएको बैतडीस्थित हनुमानध्वज गुल्मका सहायक गुल्मपति गिरिजा भट्टले बताए । समुदायका नागरिकलाई फायर फाइटिङ, बाढीपहिरोको बेला उद्धार लगायतका सीप सिकाएको उनले बताए । बैतडीमा रेडक्रसले सञ्चालन गर्दै आएको पश्चिम विपद् पूर्वतयारी परियोजनाले विपद् व्यवस्थापनमा समुदायको क्षमता अभिवृद्धि गर्दै आएको मेलौलीका दशरथ दमाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर