महिला बिरोधी बलिउडको डायलगमा प्रहरीको ध्यान , मुम्बई पुलिसले दबंग स्टाइलमा लगायो यस्तो क्लास — OSNepal

महिला बिरोधी बलिउडको डायलगमा प्रहरीको ध्यान , मुम्बई पुलिसले दबंग स्टाइलमा लगायो यस्तो क्लास

LC (KTM) October 01, 2021 0

मुम्बई पुलिस सामाजिक सञ्जालमा आफ्नो मजेदार अन्दाज तथा जबरजस्त क्रिएटिभिटीको लागि चिनिने गरेको छ । मुम्बई पुलिस सामाजिक सञ्जालको अकाउण्टमा बलिउड फिल्म तथा कलाकारहरुको मीम शेयर गर्ने देखी लिएर ठुलो सन्देश दिने सम्मको काममा माहिर छ । यसैक्रममा अब मुम्बई पुलिसको आधिकारीक इन्ष्टाग्राम ह्याण्डलबाट बलिउडको सिन शेयर गरिएको छ । यस सिनको साथमा मुम्बइ पुलिसले एक जरुरी तथा महत्वपुर्ण सन्देश पनि दिएको छ ।

मुम्बई पुलिसले इन्ष्टाग्राममा फिल्म कबीर सिंह देखी लिएर हम तुम्हारे हे सनम तथा मालामाल सम्मको डायलग शेयर गरेको छ । यी सबै फिल्मको शेयर गरिएको सीन तथा डायलग महिला बिरोधी रहेको छ । यसको साथमा मुम्बई पुलिसले सन्देश दिएको छ कि महिला बिरोधी कुरालाई साधारण तरिकाले देख्न बन्द गरौ , तपाईले कानुनको सामना गर्नु पर्ने हुन सक्छ ।

मुम्बई पुलिसले इन्ष्टाग्राममा फिल्महरुको सीनको फोटो शेयर गरेको छ । यसमा फिल्मको महिला बिरोधी डायलग लेखिएको छ । शाहिद कपुर तथा कियारा आडवाण्ीको कबीर सिंह एक फिल्म हो जसमा २ पटक जिकिर गरिएको छ । पहिलो सिनमा कबीरले आफ्नो गर्लफ्रेण्ड प्रीति संग भन्छन्– प्रीति सल मिलाउ । त्यही दोस्रोमा कबीर सिंहले भनेका छन्– उनी मेरो कैदी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर