OSNepal आइतबार, मंसिर १९ २०७८

रुपन्देहीमा खुकुरी प्रहार गरी एक मजदूरको हत्या

रुपन्देहीमा खुकुरी प्रहार गरी एक मजदूरको हत्या

  • OSNepal
  • सोमबार, असोज १८ २०७८


रुपन्देहीमा खुकुरी प्रहार गरी एक मजदूरको हत्या
Reading Time: < 1 minute

रुपन्देही, १८ असोज – रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या गरिएको छ । उक्त घटनामा अर्का एक जना घाइते भएका छन् । वडा नं ३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।

गएराति ११ बजे सोही उद्योगमा कार्यरत भारतीय मजदूर रवि सिंहले खुकुरी प्रहार गरी गम्भीर घाइते भएका अवधेशलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।

सिंहले खुकुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपिचन्दको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिंहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड