खुशीको खबर, नेपाललाई २० लाख डोज खोप पठाउँदै बेलायत — OSNepal

खुशीको खबर, नेपाललाई २० लाख डोज खोप पठाउँदै बेलायत

LC (KTM) May 22, 2021 0

काठमाडौं- नेपालमा कोरोना महामारी तिब्र भएपछि बेलायतले २० लाख डोज अस्ट्राजेनेका खोप पठाउने भएको छ । बेलायतले विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खोप ९कोभिसिल्ड० नेपाललाई उपलब्ध गराउन लागेको हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको प्रतिक्रिया दिएसगैबेलायतले नेपाललाई अहिले खोप आवश्यक रहेको भन्दै यस्तो सहयोग गर्न लागेको हो ।

बेलायतो सहयोगका लागि बेलायतमा रहेका गोर्खाज् र काठमाडौँस्थित बेलायती राजदूत निकोल पोलिटको पहल महत्वपूर्ण मानिएको छ । पोलिटले दुई दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी खोप उपलब्ध गराउने बारे छलफल गरेकी थिइन् । त्यस्तै बेलायती संसद्को उपल्लो सदन हाउस अफ लर्ड्समा बिहीबार बहस समेत भएको थियो ।भारतको खोप उत्पादक कम्पनी सिरमबाट खोप आउन ढिलाइ भइरहँदा बेलायत सरकारबाट यस्तो सहयोग आउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर