श्रीमती र झड्केली छोरी मिलेर श्रीमानको संवेदनशिल अंगमा प्रहार — OSNepal

श्रीमती र झड्केली छोरी मिलेर श्रीमानको संवेदनशिल अंगमा प्रहार

LC (KTM) October 05, 2021 0

काठमाडौ । ४७ वर्षका रमेश ज्ञवालीले रुपालाई भारतमै रहँदा विवाह गर्छन । उनीहरुको एक छोरा थिए । तर रुपाले आफै संसार छोडिन् । उनी नभएपछि रमेश छोरा लिएर नेपाल फर्किए । रमेशलाई एकल जिवन बिताउन कठिन भएको अवस्थामा पाल्पाकी पार्वतासंग विवाहको कुरा चल्छ । उनी पनि श्रीमान वितेर एकल थिइन् । पार्वताका पनि २ सन्तान थिए । आफन्तले विवाहको कुरा मिलाए त्यसपछि पार्वता र रमेशको विवाह हुन्छ ।

उनीहरुको विवाह पछि ५ जनाको परिवार बन्यो । पार्वताका छोराछोरी पनि रमेशले स्वीकार गरेका हुन्छन् । यसैबीच पार्वताले फेरी अर्को सन्तान जन्माउँछिन् । त्यसपछि श्रीमान श्रीमतीकोबीचमा विवाद सुरु हुन थाल्छ । रुपावाट जन्मिएका छोरालाई पार्वताले वास्ता गर्दिनन् । परिवारले लगाएको आरोप अनुसार रुपावाट जन्मिएका छोरा आफ्नो बुवासंग नबसेर ठूलो बुवाआमासंग गएर बस्थे ।

उनले आफै पनि आफुलाई सौतेनी आमाले देखि नसहेको बताउँछन् । सहनै नसकेर आफु ठूलोबुवा आमासंग गएर बसेको बताउँछन् । रमेशले पार्वताको जेठी छोरीको विवाह धुमधामले गरिदिए । उनले आफ्नै सन्तान जसरी छोरीको विवाह गरिदिएका थिए । तर पनि पार्वताको मन पग्लीएन ।

आमा छोरी मिलेर नै रमेशलाई या त ना समेत दिएको छिमेकीले बताउँछन् । गाउँलेले समेत पार्वतीलाई धेरै पटक सम्झाएको पनि बताउँछन् । भोली केही भयो भने हामीले तिम्रो पक्षमा बोल्न पनि सक्दैनौं तिम्रो हात छोड्ने काम नगर भनेकी थिएँ स्थानिय एक महिलाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर