२ लाख घुससहित सव- इन्जिनियर केसी अख्तियारको नियन्त्रणमा — OSNepal

२ लाख घुससहित सव- इन्जिनियर केसी अख्तियारको नियन्त्रणमा

LC (KTM) October 05, 2021 0

काठमाडौँ १९ असोज । सेवाग्राहीसँग २ लाख घुससहित सव-इन्जिनियर दीपेन्द्रकुमार केसी पक्राउ परेका छन् ।

कलभर्ट निर्माण कार्यको ठेक्का अनुरुप काम सकिएपछि अन्तिम बिल भुक्तानीका उनले सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस मागेको अख्तियार दुरुपयोग अनुशन्धान आयोगले जनाएको छ ।

आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले बसुन्धराको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका सव-इन्जिनियर केसीलाई घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर