यि हुन् पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्ला — OSNepal

यि हुन् पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्ला

LC (KTM) October 05, 2021 0

पछिल्लो २४ घण्टामा ९६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ४२ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १६ हजार २४८ पुगेको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् ।

नेपालमा सङ्क्रमणदर १८।८ प्रतिशत छ । पछिल्लो २४ घण्टामा एक हजार ११४ जनाले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७१ हजार ३३८ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।६ प्रतिशत छ ।

सो अवधिमा छ जनाको मत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १८० जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३३५ जना सघन उपचारकक्ष ९आइसीयू०, १२२ जना भेन्टिलेटर, १५ हजार ११७ जना होम आइसोलेशन, एक हजार १३१ जना संस्थागत आइसोलेशन र २३७ जना क्वारेन्टिनमा छन् ।

आज एक लाख ३२ हजार ८९६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ७९ लाख १३ हजार ५५५ जनाले पहिलो मात्रा र ६४ लाख नौ हजार १९६ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर