कोरोना संक्रमण दर उच्च बढीरहेकै बेला वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या — OSNepal

कोरोना संक्रमण दर उच्च बढीरहेकै बेला वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या

LC (KTM) May 23, 2021 0

धरान । कोरोना संक्रमण दर उच्च भएर अस्पतालहरुमा संक्रमितहरुको चाप बढीरहेकै बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको छ।

प्लान्ट बिग्रिएर अक्सिजन आपूर्ति हुन नसकेपछि तीन दिनदेखि कोभिड अस्पतलामा भर्ना भएका विरामीहरुलाई सिलिण्डरमार्फत प्रतिष्ठानले अक्सिजन दिइरहेको छ भने नयाँ संक्रमित भर्ना गर्नलाई पनि अनाकानी गर्न थालेको छ। प्रतिष्ठानको अक्सिजन प्लान्टमा बिहीबारदेखि समस्या आएको हो। प्राविधिकहरुले मर्मत प्रयास गरिरहे पनि शनिबार साँझसम्म सफलता मिलेको छैन। प्लान्टबाट क्षमता अनुसार अक्सिजन आपुर्ति नहुँदा कोभिड अस्पतालमा नयाँ विरामी भर्ना लिन नमानेको भन्दै सामाजिक सञ्जालमा प्रतिष्ठानको चर्को आलोचना भइरहेको छ। नागरिक दैनिकमा छापिएको छ ।

धरानका राजनीतिक दल, नागरिक समाजका अगुवाहरुले समयमा नै प्लान्ट मर्मत गर्न ध्यान नदिएको भन्दै पदाधिकारीहरुको आलोचना गरिरहेका छन्। प्रतिष्ठानकै पूर्वकर्मचारी एवं कांग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङले यो बेला अक्सिजन अभाव हुनु र स्वास्थ्य सेवा खस्किदै जानुले उच्च पदाधिकारीहरुको उदासिनता, लापरबाहीपन र गैरजिम्मेवारीपन देखिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर