३ बर्षिया बालिकाको उपचारका क्रममा ज्यान गएपछि पाँचथर जिल्ला अस्पतालमा तोडफोड , प्रहरीद्धारा लाठि चार्ज — OSNepal

३ बर्षिया बालिकाको उपचारका क्रममा ज्यान गएपछि पाँचथर जिल्ला अस्पतालमा तोडफोड , प्रहरीद्धारा लाठि चार्ज

LC (KTM) October 06, 2021 0

उपचार गर्न ल्याएकी एक बालिकाको निधन भए पछि आक्रोशित भिडले पाँचथर जिल्ला अस्पतालमा तोडफोड गरेको छ । पाँचथरको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ पल्लोटार बस्दै आएका कमल थाम्सुहाङकी तीन वर्षीया छोरी कृष्टिनाको आज बिहान मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको थियो । सोही क्रममा आक्रोशित भिडले अस्पताल परिषरमा तोडफोड र ढुंगा मुढा गरे पछि अस्पताल क्षेत्र एकदमै तनावग्रस्त बनेको थियो । स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको पीडित पक्षको दाबी रहेको छ ।

उपचारमा संलग्न चिकित्सकले लापरबाही गरिदिदा बालिकाको मृत्यस भएको भन्दै पीडित पक्षले आज साँझ अस्पतालमा ढुङ्गा मुढा गरेको हो । तोडफोडका कारण अस्पतालमा क्षती पुगेको छ । आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले अस्पताल क्षेत्रमा लाठीचार्ज समेत गरेको थियो । अस्पतालको अवस्था अहिले पनि तनावग्रस्त रहेकोले सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । पीडितपक्ष संग समस्या समाधानका लागि निरन्तर संबाद चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर