आज पनि वर्षा हुने — OSNepal

आज पनि वर्षा हुने

LC (KTM) October 08, 2021 0

काठमाडौं, २२ असोज-आज शुक्रबार मुलुकका कयौं स्थानमा वर्षा हुने भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । शनिबार मुलुकका कयौं स्थानमा वर्षाको सम्भावना छ । भारतको पश्चिम बंगाल तथा आसपासतिर रहेको न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर