काठमाडौंमा आज १८ वर्षमाथिकालाई भेरोसेलको पहिलो मात्रा दिइने — OSNepal

काठमाडौंमा आज १८ वर्षमाथिकालाई भेरोसेलको पहिलो मात्रा दिइने

LC (KTM) October 08, 2021 0

काठमाडौं, २१ असोज-काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ ।शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने भएको हो । महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप केन्द्रमा खोप लगाउन सकिने बताइएको छ ।

निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिनेछ ।महानगरपालिकाले खोप केन्द्रमा आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित हुन भनेको छ । खोपका लागि अनलाइन दर्ता अनिवार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर