'ओलीको छक्कापञ्जाले राजनीतिक समस्या समाधान हुन्थ्यो भने आज विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो' — OSNepal

‘ओलीको छक्कापञ्जाले राजनीतिक समस्या समाधान हुन्थ्यो भने आज विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो’

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । नेकपा (एमाले) का नेता घनश्याम भुषालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैद्यता गुमाउँदै गएपछि नागरिकहरुलाई भ्रमित पारेर जब समाजमा नक्कली वैद्यता सिर्जना गर्न प्रयत्न गर्छ तब क्रान्तिले पनि वैद्यता पाउँदै जाने बताएका छन् । नेता भुसालले सामाजिक सञ्जाल मार्फत सत्ताधारी वर्गले कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता प्राप्त गर्ने गरेको आरोप लगाएका हुन् ।

सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ नेता भुसालको तर्क रहेको छ । नेता भुसालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमबाट राजनीतिक समस्या समाधान हुन्थ्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्-“सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ । उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ ।

सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ । यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो । अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर