न्याय खोज्न २० दिन पैदल हिंडेर खुट्टामा फोका उठाउॅदै काठमाडौं आएका महिलामाथि राज्यले थप हिंसा गर्नु बिडम्बनापूर्ण छ :बाबुराम — OSNepal

न्याय खोज्न २० दिन पैदल हिंडेर खुट्टामा फोका उठाउॅदै काठमाडौं आएका महिलामाथि राज्यले थप हिंसा गर्नु बिडम्बनापूर्ण छ :बाबुराम

LC (KTM) October 10, 2021 0

काठमाडौं २४ असोज । जनता समावादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले महिलामाथि राज्यले हिंसा गर्नु बिडम्बनापूर्ण भएको बताएका छन् ।

न्याय खोज्न २० दिन पैदल हिंडेर खुट्टामा फोका उठाउॅदै काठमाडौं आएका महिलामाथि राज्यले गरेको हिंसा बिडम्बनापूर्ण भएको भन्दै उनले ट्वीटर मार्फत जानकारी गराएका हुन् ।

लोकतन्त्रमा सडक र सदनबाट जनताले उठाएका आवाज सरकारमा बस्नेले सुन्नै पर्ने बताएका उनले यस्तो कार्य गरे ओलीतन्त्र र यो सरकार वीच केहि फरक नभएको बताएका छन् । नेता भट्टराईले यसको समाधान वार्ताबाट छिटो गर्न समेत आग्रह गरेका छन् ।

उनले भनेका छन् ,’घरेलु हिंसापीडित महिलाबारे न्याय खोज्न २० दिन पैदल हिंडेर खुट्टामा फोका उठाउॅदै काठमाण्डु आएका महिलामाथि राज्यले थप हिंसा गर्नु बिडम्बनापूर्ण छ।लोकतन्त्रमा सडक र सदनबाट जनताले उठाएका आवाज सरकारमा बस्नेले सुन्नैपर्छ।नत्र ओलीतन्त्र र यो सरकार वीच के फरकरुछिटो वार्ताबाट समस्या हल गर !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर