वास्तविक सुकुम्बासी पहिचान गरौँ, तितरवितर पार्नु समस्याको समाधान होइन : बाबुराम — OSNepal

वास्तविक सुकुम्बासी पहिचान गरौँ, तितरवितर पार्नु समस्याको समाधान होइन : बाबुराम

LC (KTM) October 11, 2021 0

काठमाडौँ २५ असोज । जनता समाजवादी पार्टी ९जसपा० नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिगो रुपामा सुकुम्वासीको समस्या समाधान गर्नुपर्ने बताएका छन् । आज सोमबार पत्रकारसँग कुराकानी गर्दै नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘वास्तविक सुकुम्बासी पहिचान गरौँ, तितरवितर पार्नु समस्याको समाधान होइन’ उनले भने । सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आएको बताएका उनले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

भट्टराईले हिजो आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्वासी माथि भएको घटनालार्य लिएर यसमा सरकारले तत्काल ध्यान केन्द्रित गनुपर्ने बताएका हुन् । भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नु पर्ने बताए ।

कुराकानीमा उनले अहिलेको सरकारको कामकारवाही पहिलाको सरकारको भन्दा फरक हुनुपर्ने समेत बताएका छन् । ‘अहिलेको सरकारको गतिविधि पहिलाको भन्दा फरक भएन भने जनतामा निरासा आउँछ’उनले भने ।

गठबन्धनको मात्रै होइन लोकतन्त्रमा पूरा कार्यकाल व्यवस्थापिकाले पूरा गरेन भने त्यसले राम्रो सन्देश नदिने बताएका उनलेअहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर