मन्त्री नबनाएको भन्दै जसपाका अध्यक्ष यावदको राजीनामा माग गर्दै पुत्ला दहन — OSNepal

मन्त्री नबनाएको भन्दै जसपाका अध्यक्ष यावदको राजीनामा माग गर्दै पुत्ला दहन

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उनकै कार्यकर्ताले पुत्ला दहन गरेका छन् ।

काठमाडौंको बालकुमारीमा रहेको पार्टी कार्यालय घरेराउ गर्नुको साथै पर्सा जिल्लाबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै उनको पर्साका युवाहरुले पुत्ला दहन गरेका हुन् ।

गठवनधन सरकारमा सहभागी हुने चार मन्त्री पाएको जसपाका प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै युवाहरु आक्रोशित भएका हुन् । पर्साका सांसद प्रदीप यादव हुन् ।

अध्यक्ष यादवको राजीनामा माग गर्दै उनीहरुले वर्तमान सरकारमा पठाएको मन्त्री समावेशी नभएको समेत आरोप लगाएका छन् ।

पर्सा भने निरन्तर रुपमा प्रदर्शन र पुतला जलाउने कार्य भइरहेको छ । जसपाले सरकारमा राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, रेणु यादव र रामसहाय यादवलाई पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर