एमालेको प्रश्न : मोतीपुरमा प्रहरीको गोली लागि सुकुम्वासी मारिदा गृहमन्त्री खाँड कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहनुभएको छ ? — OSNepal

एमालेको प्रश्न : मोतीपुरमा प्रहरीको गोली लागि सुकुम्वासी मारिदा गृहमन्त्री खाँड कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहनुभएको छ ?

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले रुपन्देहीको मोतीपुर क्षेत्रमा भएको गोली काण्डको विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

आज सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै खतिवडाले उक्त घटनाको जवाफ मागेका हुन् । उनले बैठकको सुरुमा नै गृहमन्त्री बालकृष्ण खाँणको आफ्नै गृह जिल्लामा सुकुम्बासी मारिँदा समेत मुकदर्शक बनेको आरोप लगाएका छन् ।

अरुको लागि दशैँ आएको छ तर ति सुकुम्बासीका लागि दशा आएको भन्दै उनले सरकारलाई प्रश्न गरे, ‘उहाँले के सोचिरहनुभएको छ ?’, ‘कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ? ‘ आइतबार भएको झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको ज्यान गएको थियो ।

मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको प्रबन्ध समेत बैठकमा उनले माग गरेका छन् । अहिलेको सरकारले लोकतन्त्र र गणतन्त्र कमजोर बनाउँदै लगेको बताएका उनले भने, ‘यसले व्यवस्थालाई कमजोर बनाउँछ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर