दुई साताको लागि प्रतिनिधिसभाको बैठक स्थगित — OSNepal

दुई साताको लागि प्रतिनिधिसभाको बैठक स्थगित

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । दुई साताको लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक कात्तिक नौ गते बस्ने जानकारी दिएका हुन् ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ । साथै बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

संसदमा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई भने आजको बैठकले स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर