दसैँकै दिन ताप्लेजुङमा विषालु सर्पले टोकेर २५ वर्षीय विष्णुबहादुरको ज्यान गयो – OSNepal

दसैँकै दिन ताप्लेजुङमा विषालु सर्पले टोकेर २५ वर्षीय विष्णुबहादुरको ज्यान गयो

Osnepal October 16, 2021 0

विषालु सर्पको डसाइबाट ९टोकेर० आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको रहेको छ ।

उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिनुभयो । दसैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो । अचानक हातमा सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराउनुभएको थियो । झारफुक र घरेलु औषधि गरे पनि सर्पको विषले जटिल बनाउँदै लगेपछि आज बिहान उहाँका आफन्तले घतानीलाई जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । अस्पताल भर्ना गरेको केही समयमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यता उपचारका क्रममा मृत्यु भएका घतानीको शव आफन्तले बुझेका पनि प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement