यस्तो अबस्थामा फेला परे बलिउड अभिनेता अक्षय कुमार, तस्विरको चर्चा — OSNepal

यस्तो अबस्थामा फेला परे बलिउड अभिनेता अक्षय कुमार, तस्विरको चर्चा

LC (KTM) October 17, 2021 0

बलिउड अभिनेता अक्षय कुमारको बेल बटम पछि अर्काे नयाँ फिल्म आउने भएको छ । अब उनी नेपाली बीर गोर्खालीहरु रहेको भारतीय सेनाको रेजिमेन्टको एक नयाँ कथामा आधारीत फिल्म लिएर आउन लागेका हुन् । अक्षयले सामाजिक सञ्जाल मार्फत यस कुराको जानकारी दिएका हुन् । आफ्नो नयाँ फिल्मको पोस्टर सार्वजनिक गर्दै उनले गोरखा फिल्मको घोषणा गरेका हुन्। यस फिल्ममा भारतीय सेनाका मेजर जनरल इयान कारडोजोको जीवनी लाई देखाईने छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार इयानले सन् १९६२, १९६५ र सन् १९७१ मा भारत पाकिस्तानको युद्ध लडेका थिए । उनैको भुमीकामा अक्षयलाई देखिनेछ । नेपालीहरुको पहिचान खुकुरी बोकेर युद्ध मैदानमा लडिरहेको पोस्टर सार्वजनिक गर्दै अक्षय कुमारले लेखेका छन्, कहिले काही तपाईंहरूका समक्ष एकदमै प्रेरक कथा आइपुग्छ कि त्यसलाई नबनाइ मन मान्दैन। एक आइकनको भूमिका निर्वाह गर्दा र यो विशेष फिल्म प्रस्तुत गर्न पाउँदा सम्मानित महसुस गरिरहेको छु।

आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्ने यो चलचित्रको निर्देशन संजय पूरण सिंह चौहानले गर्ने अक्षयले बताएका छन् । अहिले अक्षयको फिल्महरु रिलिजको लाईनमा रहेका छन् । सूर्यवंशी , पृथ्वीराज बच्चन पांडे, राम सेतु तथा रक्षा बंधन जस्ता फिल्ममा अक्षयलाई देख्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर