झिझिया नाच हेर्न गएका १७ वर्षीय सत्रुधनको इनारमा शव फेला — OSNepal

झिझिया नाच हेर्न गएका १७ वर्षीय सत्रुधनको इनारमा शव फेला

LC (KTM) October 17, 2021 0

सिरहा – सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् ।

दसैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन् । मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

मेलामा राति दुई युवा समूहबीच विवाद भएको स्थानीय राम कृपाल यादवले जानकारी दिए । उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताइएको छ ।शव इनारबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर