प्रशिक्षक अल्मुईतारी भोली माल्दिभ्स बाटै घर जाँदै , के अब कहिले नफर्कने गरी गएका हुन् त ? — OSNepal

प्रशिक्षक अल्मुईतारी भोली माल्दिभ्स बाटै घर जाँदै , के अब कहिले नफर्कने गरी गएका हुन् त ?

LC (KTM) October 17, 2021 0

नेपाली फुटबल ईतिहासमा नाम लेखाउन सफल प्रशिक्षक मध्ये राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सबैभन्दा प्रिय बनेका छन् नेपाली र नेपाली खेलाडीहरुको लागि । उनलाई माया नगर्ने नेपाली फुटबल फ्यानहरु सायदै छैनन् होला । उनै प्रशिक्षक नेपाली टोलीसँग भोली स्वदेश नफर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक अल्मुताइरी नेपाली टोलीसँग भोली नेपाल नफर्कने जानकारी दिएको छ ।

प्रशिक्षक अल्मुताइरी माल्दिभ्स बाटै घर जाने र केहि समय आफ्नो परिवारसँग बिताएर नेपाल फर्कने जानकारी एन्फाले गराएको छ । यस अघि पत्रकार सम्मेलनका दौरानमा प्रशिक्षक अल्मुताइरीले साफको फाइनल खेल नेपालको लागि आफ्नो अन्तिम खेल भएको प्रतिक्रिया दिएका थिए । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली फुटबल टिम भोलि नेपाल आईपुग्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर