सुतिरहेको अवस्थामा भिषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु — OSNepal

सुतिरहेको अवस्थामा भिषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

LC (KTM) October 18, 2021 0

इस्लामाबाद – पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात व्यक्तिको मृत्यु भएको छ ।पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात व्यक्तिको मृत्यु भएको हो ।

सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारणले उनीहरू भाग्न पनि नपाएका जनाइएको छ । आगलागीमा परी ज्यान गुमाएकाहरूमा चार बालबालिका दुई महिला रहेका छन् । ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर