कर्णाली प्रदेश सभासदस्य वीरबहादुरको दसैँ भत्ता दलित बालबालिकालाई — OSNepal

कर्णाली प्रदेश सभासदस्य वीरबहादुरको दसैँ भत्ता दलित बालबालिकालाई

LC (KTM) October 18, 2021 0

डोल्पा १ कात्तिक-जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।आफ्नो निर्वाचन क्षेत्रका कुनै एक विद्यालय छनोट गरेर दलित बालबालिकाको हितमा प्रदेश सरकारले उपलब्ध गराएको दसैँ खर्चको रकम सहयोग गर्ने उहाँले घोषणा गर्नुभएको हो ।

डोल्पामा अन्य समुदायको तुलनामा दलित समुदाय आर्थिक तथा शैक्षिक दृष्टिकोणले पछि परेकाले थोरै भए पनि शैक्षिक सामाग्री जुटाउन सहज होस् भनेर सहयोग गर्न लागेको सभासदस्य शाहीको भनाइ छ ।अघिल्लो बर्षको दसैँ भत्ता पनि दलित बालबालिका अध्ययन गर्ने मुड्केचुला वडा नं ८ मा रहेको एक आधारभूत बिद्यालयलाई उहाँले सहयोग गर्नुभएको थियो ।जनताको प्रतिनिधि भएकाले तिनको सुख दुःखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउनुहुने सभासदस्य शाही जनप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर