पहिरोले पुर्चौडी र शिवनाथमा एक–एक घर पुर्यो — OSNepal

पहिरोले पुर्चौडी र शिवनाथमा एक–एक घर पुर्यो

LC (KTM) October 19, 2021 0

बैतडी, २ कात्तिक- पुर्चौडी नगरपालिका–७ कोटिलामा पहिरोले एक घर भत्किएको छ । स्थानीय मदन लोहारको घरमाथिबाट आएको पहिरोले दुई तले घर भत्किएको हो । घर भत्किदा भित्र रहेका सबै मालसमान नष्ट भएको छ । मानविय क्षति नभए पनि २० लाखभन्दा बढीको धनमाल नष्ट भएको स्थानीय शैलेस धानुकको अनुमान छ ।

पहिरोका कारण ऐरी गाउँका दुई बस्ती पनि जोखिममा परेको उनले बताए । यसैगरी, शिवनाथ गाउँपालिकामा गएको पहिरोले पनि एक घर पुरेको छ । घटनास्थलमा प्रहरी जाँदै गरेकाले थप विवरण आउन बाँकी रहेको रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रमेशबहादुर पालले बताए ।

यस्तै, पहिरोले पाटन–८ स्थित खोड्पे बजारका सात घर उच्च जोखिममा परेका छन् भने दशरथचन्द नगरपालिका–१ मुस्याचौरका दुई घर जोखिममा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर