बाढी, पहिरो र डुबानमा परेकाको उद्धार कार्यमा नेपाली सेना — OSNepal

बाढी, पहिरो र डुबानमा परेकाको उद्धार कार्यमा नेपाली सेना

LC (KTM) October 20, 2021 0

काठमाडौँ, ३ कात्तिक – नेपाली सेना केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएको बाढी÷पहिराका घटनाबाट प्रभावित जनताको सहयोग, खोज, उद्धार र राहत कार्यमा परिचालित भएको छ ।महाकाली नदीको बाढीका कारण भीमदत्त नगरापालिका–९ स्थित ब्रम्ह्देव इलाका डुबानमा फसेका पाँच जनालाई सेनाले हवाई उद्धार गरी सुरक्षित स्थानमा लगेको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ ।

सोही जिल्लाको दोधारा चाँदनी नगरपालिका–८, ९ र १० तथा भीमदत्त नगरपालिका–११ र १२ डुबानमा परेका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सेनाले खाद्यान्नसहितको राहत उपलब्ध गराएको छ । कालिकोटको लालीघाट र जितेगडा बजारमा कर्णालीको बाढीले पसलमा क्षति पुु¥याएपछि सेनाको सहयोगमा पसलका सामग्री सुरक्षित स्थानमा राखिएको छ ।

महाबै गाउँपालिका–७ राम्नीमा पहिराबाट एक घर पुरिनका साथै ६० घरधुरीका जोखिममा रहेकाको उद्धारमा पनि सेना जुुटेको छ । बझाङको जयपृथ्वी नगरपालिका–३ स्थित पणेश इलाकामा गएको पहिराबाट माछापोखरी तथा कुखुरा फार्म जोखिममा परेपछि त्यसलाई जोगाउन सेनाले सहयोग गरेको छ ।

डडेलधुराको अमरगढी नगरपालिका–१ भातकाडा इलाकामा पहिरोबाट घर पुुरिँदा घाइते भएकालाई सेनाले अस्पताल पु¥याएको छ । कैलालीको टीकापुर नगरपालिका–५, ६, ७ र ८ तथा भजनी नगरपालिका र जोशीपुर गाउँपालिका डुबानको उच्च जोखिम देखिएपछि सेना त्यसको रोकथामका लागि खटिएको छ ।बर्दियाको राजापुर नगरपालिका–१, २ र ३ का डुबान प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरणका साथै डोटीको दिपायल सिलगढी नगरपालिका–४, ५ र ६ का बाढी पहिरो प्रभावितलाई सेनाले खाद्यान्नसहित राहत उपलब्ध गराएको छ ।

सुनसरी इटहरी उपमहानगरपालिका, तरहरा, पानीपिया र मोरङको विराटनगर–५ हिरियाटोल डुबानमा परेकाको पनि सेनाले उद्धार गरेको छ । धनकुटाको चौबिसे गाउँपालिका–१मा पहिरामा घर परी बेपत्ता भएका चार जनामध्ये तीन जनाको सकुुशल उद्धार गरेको र एक जनाको खोजी जारी जानकारी दिइएको छ ।पाँचथरको फिदिम नगरपालिका–४ मा पहिरामा परी निधन भएका दुई जनाको शव निकाल्न पनि सेनाले सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर