जनमत पार्टीका १७ जना कार्यकर्तालाई सात दिन थुनामा राखी अनुशन्धान गर्न अदालतले दियो अनुमति — OSNepal

जनमत पार्टीका १७ जना कार्यकर्तालाई सात दिन थुनामा राखी अनुशन्धान गर्न अदालतले दियो अनुमति

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । सिके राउत नेतृत्वको जनमत पार्टीका १७ जना कार्यकर्ता विरुद्ध प्रहरीले अनुशन्धान सुरु गरेको छ ।

बिहिबार जनकपुरधामका खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहलाई अर्धनग्न बनाई जनकपुरधाम बजार घुमाएको भन्दै प्रहरीले जनमतका कार्यकर्तामाथि अनुशन्धान सुरु गरेको हो ।

जिल्ला अदालत धनुषाले निजहरुलाई ७ दिन हिरासतमा राख्न अनुशनधान गर्न अनुमति दिएको छ । पक्राउ पर्नेमा जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाह, सर्लाही जिल्लाका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ रहेका छन् ।

आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै जनमत पार्टीले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । साथै, जिल्ला प्रहरी कार्यालयबाहिर धर्ना समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर