श्रीलंका आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश — OSNepal

श्रीलंका आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश

LC (KTM) October 22, 2021 0

श्रीलंका आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गर्न सफल भएको छ ।समूह विजेता बन्दै श्रीलंकाले सुपर १२ मा स्थान बनाएको हो । आज राति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराउँदै श्रीलंका समूह विजेता बनेको हो । श्रीलंकाले लगातार तेस्रो जित निकाल्न सफल भएको हो । नेदरल्यान्ड्सले दिएको ४५ रनको झिनो लक्ष्य श्रीलंकाले ७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा कुशल परेराले अविजित रहदै ३३ रन बनाए ।

नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर र पाउल भानले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १० ओभरमा अलआउट हुँदै ४४ रन बनाएको थियो । नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न लाहिरु कुमारा र वानिन्दु हसरंगा डी सिल्भाले समान तीन तीन विकेट लिए । महेश थिकसानाले २ तथा दुश्मन्था चामिराले १ विकेट लिएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर