भारतिय चर्चित टिभि सिरियल 'कुम कुम भाग्य'की नायिका मृनाल ठाकुर र शाहिद कपुरको फिल्म जर्सी यो मितिमा रिलिज हुँदै — OSNepal

भारतिय चर्चित टिभि सिरियल ‘कुम कुम भाग्य’की नायिका मृनाल ठाकुर र शाहिद कपुरको फिल्म जर्सी यो मितिमा रिलिज हुँदै

LC (KTM) October 23, 2021 0

काठमाडौं, ३ कात्तिक- पछिल्लो फिल्म ‘कवीर सिंह’को सफलताले बलिउडमा शाहिद कपुरको स्टारडम पुनः एकपटक उचाइमा छ । कवीर सिंहको सफलतापछि शाहिदलाई धेरै फिल्म अफर भए । त्यसमा केही त साउथ इन्डियन फिल्मकै बलिउड रिमेक पनि थियो । अन्ततः उनले रोजे ‘जर्सी’ ।

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेसनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । त्यसपछि उनी नेसनल टिमसम्म कसरी पुग्छन रु भन्ने विषयलाई फिल्ममा देखाइनेछ । यसको ओर्जिनल फिल्ममा नानीले काम गरेका छन् ।

रिमेक फिल्ममा काम गर्ने मनसाय नरहेका शाहिदले ओर्जिनल कथा खोजेका थिए । तर, जर्सीको कथा सुने । ‘मैले कथा सुनेपछि चार पटक फिल्म हेरेँ र जोडिएँ’, शाहिदले भनेका छन्, ‘म सक्कली फिल्म गर्न चाहन्थँे, मानिसहरूले नसोचुन कि म रिमेक मात्र गर्दैछु । तर, जब मैले यो फिल्म हेरेँ, यसले मेरो हृदय छोयो । चरित्र कवीर सिंह जस्तो छैन । ऊ शान्त, अन्तर्मुखी मानिस हो तर, उसको तीव्रता र यात्रा मेरो लागि प्रेरणादायक छ ।’

शाहिदले फिल्मकै लागि प्रशिक्षणसमेत लिए । उनी क्यारेक्टरलाई झनै बुलन्द बनाउन हरेक प्रयास गरेका छन् । फिल्ममा शाहिदको को–स्टारको रूपमा मृनाल ठाकुर हुनेछिन् । साउथ फिल्म जर्सीकै निर्देशक गौतमले यसलाई निर्देशन गरेका छन् । फिल्म यसै वर्षको अन्त्य ३१ डिसेम्बरमा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर