यो हो धेरै दूध दिएर विश्व रेकर्ड राख्ने भैँसी, जसको ५१ लाखमा भयो बिक्री — OSNepal

यो हो धेरै दूध दिएर विश्व रेकर्ड राख्ने भैँसी, जसको ५१ लाखमा भयो बिक्री

LC (KTM) May 26, 2021 0

काठमाडौं । भारतको हरियाणास्थित मुर्राह नस्लकी धेरै दूध दिएर विश्व रेकर्ड बनाउने वाली सरस्वती भैँसी ८१ लखमा बिक्री भएको छ ।हरियाणको हिसार जिल्लका किसान सुखबीर सिंह ढान्डाको घरमा रहेको उक्त भैँसी ३३.१३१ किलोग्राम दूध दिएर पाकिस्तानी भैँसीले बनाएको विश्व रेकर्ड तोडेको थियो ।

सरस्वतीलाई लुधियानाका पवित्र सिंहले किनेका थिए । सुखवीरलाई सरस्वती चोरी हुने डर भएकोले बेचेको भारतीय सञ्चारमाध्यामले बताएका छन् ।

१ करोड मा पनि बेच्ने मन नभएको बताउँदै उनले चोरी कै डरले गर्दा बेच्नु परेको बताएका हुन् । विश्व रेकर्ड बनाउँदा सरस्वतीलाई ३ लाख २० हजार दिएर सम्मानित गरिएको थियो ।

यो भन्दा अगाडि पाकिस्तानी भैँसीले ३२.०५० किलोग्राम दूध दिएर विश्वरेकर्ड बनाएको थियो । भैँसी बेच्नु अगाडि बिभिन्न प्रान्तका किसानरुलाई उपस्थित गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर