राजीनामा दिन अटेर गरेपछि प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय यादव बर्खास्त — OSNepal

राजीनामा दिन अटेर गरेपछि प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय यादव बर्खास्त

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्त भएका छन् । प्रदशेका मुख्यमन्त्री लालबाबु राउतले उदोग मन्त्री यादवलाई बर्खास्त गरेका हुन् ।

राजीनामा दिन आग्रह गरेपनि मन्त्री यादवले राजीनामा नदिएपति उनलाई मंगलबार नै बर्खास्त गरिएको हो । उनलाई पदमुक्त गरिएको पत्र मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको बताइएको छ ।

जनता समाजवादी पार्टीका नेता यादवको स्थानमा अब नेकपा एकीकृत समाजवादीका नेतालाई दिने भएको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर