१० औँ राष्ट्रिय महाधिवेशनबाट एमाले सबल र सुदृढ एमाले आयो भन्ने सन्देश दिन लासग परेका छौं — OSNepal

१० औँ राष्ट्रिय महाधिवेशनबाट एमाले सबल र सुदृढ एमाले आयो भन्ने सन्देश दिन लासग परेका छौं

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेकपा एमालेका स्थायी कमिटिका सदस्य विष्णु रिजालले १० औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई सबल र सुदृढ बनाउने बताएका छन् ।

भोली शुक्रबारबाट चितवनमा सुरु हुने महाधिवेशनमा सहभागी हुन चितवन पुगेका नेता रिजालले यो महाधिवेशनबाट एमाले सबल र सुदृढ एमाले आयो भन्ने सन्देश दिन हामी लागिपरेको बताएका हुन् ।

‘हामी आउने ५ वर्षका लागि हामी नयाँ नेतृत्व चुन्छौँ । जुन एकताबद्ध हुन्छ । एमालेले मुलुकलाई नेतृत्व दिन्छ’ उनले भने । एमालेले सबै खाले विचारलाई समेटेर अगाडी बढ्ने बताएका उनले सञ्चार माध्यमहरुले महाधिवेशनको सही सुचना सम्प्रेषण गर्न समेत आग्रह गरेका छन् ।

यदि नेतृत्व चयन सहमतिबाट हुन सकेन भने लोकतान्त्रिक प्रक्रियाबाट चयन गरिने समेत बताएका छन् । आप नेता कार्यकर्ताको चाहाना अनुसार जुनसुकै पदमा पनि बस्न तयार भएकोह समेत उनले स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर