यसकारण पिउन हुदैन खाना खाँदा पानी — OSNepal

यसकारण पिउन हुदैन खाना खाँदा पानी

LC (KTM) December 03, 2021 0

एजेन्सी – यदि तपाईको खाना खाँदा विचमा पानी पिउने बानी छ भने तुरुन्तै बदल्नुहोस् किनकी त्यसले तपाईको स्वास्थ्यमा फाइदा गरिरहेको छैन ।पानी पिउनु कति फाइदाजनक छ भनेर त हामी सबैलाई थाहा नै छ । तर, कतिबेला पिउने वा नपिउने भन्ने जानकारी नहुन सक्छ । बैज्ञानिक दृष्टिकोणबाट हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो पानी । आखिर किन हुन्छ त खाना खाँदा हामीलाई हानी पुग्र्दछ ।

खाना खानभन्दा ३० मिनेट पहिला पानी खानु राम्रो हुन्छ । खाना खानु भन्दा ३० मिनेट पहिला पानी खादा त्यसले विचचिमा पानी खाने बानी हट्दै जान्छ र खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ ।

यदि खाना खाँदा पानी नभइ नहुने बानी छ भने थोरै पानीको सहारा भने लिन सक्नुहुन्छ यदि पानीमा कागति वा एप्पल साइडर भेनिगर मिलाइएको छ भने यसबाट पाचन क्रिया छिटो हुन मद्धत गर्दछ ।यदि तपाईले दिनभरी एक पटक पनि पानी पिउनु भएको छैन भने खानासँग थोरै पानी पिउनु सक्नु हुन्छ किनकी शरीरमा पानीको मात्रा कम भयो भने खाना सजिलै पचाउन गाह्रो हुन्छ साथै एसिडिटी पनि हुन जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर