काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । बिबाहको तयारी जोड तोडका साथ चलिरहेको छ । बिबाहमा बलिउडका कैयौ सेलिब्रेटीहरु सहभागि हुने चर्चा रहेको छ ।
डिसेम्बर ९ मा कट्रिना र विक्की विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा भारतका राजनीतिज्ञ, बलिउडकर्मी र आफन्त सहभागी हुनेछन् । यस्तै उनीहरुको बिहेमा सलमान पनि नजाने भएका छन् ।
हालै अभिनेत्री ज्याक्लिन फर्नाण्डीजलाई एयरपोर्ट बाटै रोकिएको छ । उनी दबंग टुरमा सहभागि हुन सउदी अरबको रियाद जान लागेकी थिईन् । अब जैकलिन जान नसके पछि सलमान खान पनि यो इभेन्टलाई प्रस्तुती दिन जानेछन् ।