महोत्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा २२ वर्षीय शैलेन्द्रको ज्यान गयो — OSNepal

महोत्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा २२ वर्षीय शैलेन्द्रको ज्यान गयो

LC (KTM) December 31, 2021 0

महोत्तरी-महोत्तरीको लोहारपट्टी नगरपालिका–४स्थित सडकमा आज साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको भङ्गहा नगरपालिका–८ बस्ने २२ वर्षीय शैलेन्द्र सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

सात जना रहेको सो ट्रयाक्टर तीव्रगतिका कारण आफँै अनियन्त्रित भई दुर्घटना हुँदा चालकसँगै बसेका शैलेन्द्रको ट्र्याक्टरमा च्यापिएर मृत्यु भएको हो । मृतक शैलेन्द्रको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । साथै दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर