कोरोना संक्रमणका कारण फेरि सर्यो कांग्रेसको १६ जिल्लाको अधिवेशन, अब संक्रमण सामान्य नहुँदा सम्म अधिवेशन नहुने — OSNepal

कोरोना संक्रमणका कारण फेरि सर्यो कांग्रेसको १६ जिल्लाको अधिवेशन, अब संक्रमण सामान्य नहुँदा सम्म अधिवेशन नहुने

LC (KTM) January 19, 2022 0

काठमाडौं ५ माघ । तीव्र गतिमा फैलिएको कोरोना संक्रमणको कारण नेपाली कांग्रेसले आफ्नो १६ जिल्लाको अधिवेशन सार्ने भएको छ ।

गत पौष २७ गतेको लागि तोकिएको अधिवेशन माघ १२ गते हुने भनिएको राष्ट्रिय सभा सदस्य सनर्वाचनको लागि माघ १५ गते सारिएको थियो ।

अब कोरोना संक्रमण बढेको भन्दे माघ १५ गते भनिएको १६ जिल्लाको अधिवेशन सारिने भएको हो ।प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरी जिल्ला अधिवेशन सार्ने निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन् ।

अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कैलाली, बाँके,अछाम र नवलपुर रहेका छन् ।

कोरोना संक्रमण समान्य नहुँदा सम्म अधिवेशन नगर्ने बुझिएको छ । यस विषयमा एक दुई दिनमा नै निणर्य हुने पनि बताइएको छ ।

अन्य जिल्लामा भने कांग्रेसको १४ औं महाधिवेशन भन्दा अगाडी अधिवेशन सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर