गाडीमा चढाएर बहिनीको घर पुर्यादिन्छु भन्दै ३५ वर्षीय महिलामाथि होटल सञ्चालकसहित ३ जनाले गरे यस्तो हर्कत — OSNepal

गाडीमा चढाएर बहिनीको घर पुर्यादिन्छु भन्दै ३५ वर्षीय महिलामाथि होटल सञ्चालकसहित ३ जनाले गरे यस्तो हर्कत

LC (KTM) January 28, 2022 0

मोरंगमा एक महिलालाई बहिनीकोमा प्र्याईदिने भनेर झुक्याएर होटल लगि सामुहिक रुपमा बलात्कार गर्ने ३ जना प्रहरीको फन्दामा परेका छन् । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । यो घटना मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलियाको हो । ब

लियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली होटलमा ३५ वर्षीय महिलामाथि जबरजस्ती करणी गरिएको थियो । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चोकका होटल सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन्।

गत माघ ७ गते साँझ उक्त घटना भएको थियो । त्यो दिन साँझ पीडित महिला इटहरीबाट बहिनीको घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट बहिनीको घर पुर्‍याइदिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा लगी सामूहिक बलात्कार गरेका थिए । गत माघ ८ गते शनिबार उक्त घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले होटल सञ्चालक अर्जुनकुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।

घटनापछि फरार रहेका रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीलाई भने इलाम सूर्योदय नगरपालिका १२ तीनघरेबाट प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेका तीनै जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थपेर अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर