दक्षिण अफ्रिकामा एक महिलाले जन्माईन् १० सन्तान — OSNepal

दक्षिण अफ्रिकामा एक महिलाले जन्माईन् १० सन्तान

LC (KTM) June 09, 2021 0

महिलालाई एउटा बच्चा जन्माउन त कति मुश्किल पर्छ एकैपटक १० बच्चा जन्माउदा कस्तो होला भन्ने कल्पना गर्न नि गाह्रो हुन्छ । तर दक्षिण अफ्रिकामा यस्तै घटना बाहिर आएको छ । दक्षिण अफ्रिकामा ३७ वर्षीया एक महिलाले एकैपटक १० वटा बच्चालाई जन्म दिएकी छन्।

दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाको एक अस्पतालमा गोसियम थमारा सिथोल नाम गरेकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ। हुन् त यसअघि पनि ९ बच्चा जन्माएको खबर बाहिर आएको थियो ।

तर सिथोलले एकैपटक १० सन्तानलाई जन्म दिएकी हुन् । उनले दोस्रो पटकमा १० सन्तान जन्माएकी हुन् । पहिलो पटक पनि उनले जुल्याहा सन्ताननै जन्माएकी थिईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर